प्रसिद्ध जापानी ब्रान्ड पाइलट पेनले काठमाडौंको पुतलीसडकमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
पाइलट पेनलाई नेपालमा फेयर ट्रेड कर्पोरेसनले आधिकारिक रूपमा ब्रिक्री गर्दै आएको छ।
पाइलटको पाइलट पेन, मसी तथा बोर्ड मार्करहरू प्रसिद्ध छन्।
आउटलेटमा १ सय ५० देखि ८८ हजार रूपैयाँसम्म पर्ने कलमहरू राखिएका छन्।
नयाँ आउटलेट उद्घाटनमा आएका पाइलट पेन कर्पोरेसनका सहायक प्रबन्धक रूहेइ इटोले विश्वभर नक्कली पाइलट पेनको बिगबिगी बढेकाले चेतना फैलाउन स्टोर बढाउने नीति रहेको बताए।
फेयर ट्रेडकी मीन अग्रवालले छिट्टै ललितपुर र पोखरामा पनि आउटलेट सञ्चालनमा ल्याउने बताइन्।