ललितपुरको पाटन म्युजियममा 'अबिर आर्टिसान २०२४' हुने भएको छ।
'अबिर डिजाइनर हब' को आयोजनामा नेपाली उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज ११ र १२ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म प्रदर्शन हुनेछ।
प्रदर्शनीमा काठमाडौं उपत्यकासँगै वरपरका जिल्लाहरूमा उत्पादित सामग्रीहरू हुने अबिरकी संस्थापक रश्मी तन्डुकारले बताइन्।
उनकाअनुसार प्रदर्शनीमा ढाकाका कपडा, नेपाली पश्मिना, झोला, हातले बुनेका कपडा र गरगहना साथै सौन्दर्यका सामग्रीहरू, स्थानीय उत्पादनहरू हुनेछन्।
'नेपाली उत्पादहरूलाई प्रवर्द्धन, बजारीकरण र बिक्री गराउनका लागि प्रदर्शनी मेला आयोजना गर्न लागिएको हो' उनले भनिन्, '४० भन्दा बढी स्टलमा नेपाली उत्पादनको प्रदर्शनी हुनेछ।'
प्रदर्शनी मेला अवलोकनका लागि जानेहरूलाई प्रवेश निःशुल्क रहेको छ।