पठाओ पार्सलले एक महिनासम्म नेपालभर एक रूपैयाँमै सामान डेलिभरी गर्ने भएको छ।
व्यवसायीहरूले 'पठाओ पार्सल डेलिभरी महोत्सव' अन्तर्गत आगामी भदौ १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन्।
काठमाडौं उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने 'पठाओ पार्सल डेलिभरी महोत्सव' सुरू गरिएको पठाओ नेपालको मार्केटिङ डाइरेक्टर सुरक्षा हमालले बताइन्।
पठाओले हाल नेपालका ३ सयभन्दा बढी स्थानमा पार्सल डेलिभरी सेवा दिदै आएको छ।
हमालका अनुसार काठमाडौंका असन, न्यूरोड, कालीमाटी, बनस्थली, कुलेश्वर र चाबहिलमा 'ह्युमन बिल्बोर्ड' डुलाएर कपडा, फेशन, कस्मेटिक, एक्सेसरिज, ग्याजेटलगायत व्यवसाय तथा ग्राहकलाई महोत्सवबारे जानकारी गराइएको छ।
पठाओ पार्सलबाट काठमाडौं उपत्यकामा २४ घण्टा भित्र, उपत्यकाबाहिरका मुख्य सहरमा दोस्रो दिन र अन्य स्थानमा तीन दिनभित्र सामान डेलिभरी भइसक्ने पठाओले जनाएको छ।
२०२३ डिसेम्बरदेखि सेवा सुरू गरेको पठाओ पार्सलले एक वर्ष नपुग्दै हजारभन्दा बढी व्यवसायलाई डेलिभरी सेवा प्रदान गरिसकेको र मासिक ९० हजारभन्दा बढी डेलिभरी गर्ने गरेको हमालले बताइन्।