सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ।
फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्दैछ साथै यस अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना छ र अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ।
क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ।
यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ, जसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि शून्य प्रतिशत ब्याज इएमआइमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्नेछन्।
यस विशेष सेवाको लाभ लिन ग्राहकहरूलाई मात्र आफ्नो नागरिकता पेस गरी इएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ।
ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई बचपयकतयचभ।अयm मार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ।
निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ।
विस्तृत जानकारीको लागि र यी विशेष अफरहरूको फाइदा लिनको लागि, आज नै नजिकको आधिकारिक सामसङ डिलरमा जानकारी लिन सकिन्छ।
यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्कमार्फत् उपलब्ध गरिएको हो।
यो योजना असार ३१ गतेसम्म लागू रहने छ।