अनलाइन किनमेल गन्तव्य दराज नेपालले '६.६ मिड–इयर सेल' कोे घोषणा गरेको छ।
६.६ मिड–इयर सेल मार्फत् उपभोक्ताले ७० प्रतिशतसम्मको आकर्षक छुट, निःशुल्क डेलिभरी, २ करोड रूपैयाँ बराबरको मेगा भाउचर लगायत अफरहरू प्राप्त गर्न सक्नेछन्।
दराज ६.६ मिड–इयर सेल जुन ६ (जेठ २४ गते)देखि जुन १२ (जेठ ३० गते) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ।
दराज ६.६ मिड–इयर सेलको प्रमुख आकर्षणमा विभिन्न विक्रेतामार्फत् खरिदकर्ताले अफर दिइएका सामग्रीहरूको खरिदका लागि न्यूनतम ४९९ रूपैयाँ खर्च गरेपछि निःशुल्क होम डेलिभरी सुविधा लिन सक्ने रहेको छ।
कम्पनीका अनुसार दराज एपको होमपेजमा रहेको फ्री डेलिभरी ब्यानरमा क्लिक गरी भाउचरहरू संकलन गर्ने सुविधा पनि उपलब्ध हुनेछ। साथै, सबै मेगा डिलमा समावेश उत्पादनहरूमा कुनै न्यूनतम खर्च सीमा बिना पनि निःशुल्क डेलिभरीको सुविधा लागू हुनेछ।
उपभोक्ताहरूको सपिङ अनुभवलाई अझ सन्तोषजनक बनाउने उद्देश्यका साथ दराजले भर्खरै ‘बेष्ट प्राइस ग्यारेन्टी’ कार्यक्रम पनि सार्वजनिक गरेको छ।
कार्यक्रम अन्तर्गत उपभोक्ताले 'बेष्ट प्राइस (उत्तम मूल्य) ट्याग'का साथ विक्रीका लागि राखिएका उत्पादनहरू बजारका तुलनामा सर्वाधिक सस्तो मूल्यमा खरिद गर्न सक्ने बाचा गरिएको छ।
६.६ मिड–इयर सेलको अवधिभर यदी खरिदकर्ताले नेपालकै अन्य अनलाइन प्ल्याटफर्म मार्फत् दराजले 'बेष्ट प्राइस ट्याग' उपलब्ध गराएको सामग्री, सो भन्दा सस्तो मूल्यमा फेला पार्न सके र दाबी मान्य भएमा खरिदकर्ताले निर्धारित मूल्यको ५ गुणा रकम फिर्ता पाउनेछन्।
६.६ मिड–इयर सेल वृहत छुट र बचतका बारेमा मात्र नभइ, यसको उद्देश्य उपभोक्तालाई अनलाइन किनमेल अनुभव प्रदान गर्नु पनि रहेको कम्पनीको भनाइ छ।
स्वास्थ्य र सौन्दर्य, फेशन, अडियो र वेयरेवल्स, फर्निचर, घरको सजावट सामग्री लगायत अन्य थुप्रै उत्पादनमा पनि छुट्टाउनै नहुने अफरहरू उपलब्ध हुने बताइएको छ ।
दराज नेपालको यो ६.६ मिड–इयर सेलबारे थप जानकारीको लागि वेबसाइट मा जान, दराज नेपालको फेसबुक पेज हेर्न वा दराज एप ब्राउज गर्न कम्पनीको अनुरोध छ।