प्रविधिमैत्री लजिस्टिक कम्पनी उपायले हालै २७ करोड ५० लाख रूपैयाँको लगानी चरण सम्पन्न गरेको छ। जसलाई 'क्वार्वरब्याक' नाम दिइएको छ।
यो कार्यक्रम मे १५ मा काठमाडौंमा सम्पन्न भयो। यो चरणलाई कम्पनीद्वारा क्वार्टरब्याक नामाकरण गरिएको थियो। 'क्वार्टरब्याक' अमेरिकन फुटबलर प्रेरित नामाकरण हो।
२०१९ मा स्थापना भएदेखि हालसम्म उपायले ७० करोड रूपैयाँको लगानी गरिसकेको बताएको छ।
आगामी दिनमा कम्पनीले १ लाख बढी वर्गफुटको तेस्रो पक्ष लजिस्टिक (वेरहाउस) सुविधालाई पनि अगाडि बढाउने बताएको छ।
यस परियोजनाका लागि कम्पनीले थप लगानीको खोजी गरिरहेको छ जसका लागि केही अन्तर्राष्ट्रिय विकास वित्तीय संस्थाहरूसँग सम्झौता समेत गरिसकेको कम्पनीको भनाइ छ।
साथै कम्पनीले आइपिओमार्फत् आफ्नो सेयरहरूको सार्वजनिक सूचीकरणको तयारी पनि गरेको बताएको छ।
कम्पनीले नेपाल बाहिर विस्तार भई अन्तर्राष्ट्रिय रूपमा सञ्चालन गर्ने योजना समेत बनाएको बताएको छ।