सुजल डेरीले नवीनतम ब्रान्ड रस बदाम ड्रिङ्क बजारमा ल्याएको छ।
रस बदाम ड्रिङ्कमा प्रयोग भएको क्यालिफोर्नियन आलमन्ड, आयातित उत्कृष्ट केसर र पोखरा तथा पोखरा वरिपरिबाट संकलन गरिएको दूधले यसको गुणस्तर र स्वाद सर्वोत्कृष्ट हुने कुरामा कम्पनीको दाबी छ।
रस बदाम ड्रिङ्क अन्तर्राष्ट्रिय स्तरको अटोमेटेड मेसिनबाट उत्पादन गरिन्छ। उक्त ड्रिङ्कमा आलमन्डको स्वाद, केसर र दूधको तागतले उपभोगतालाई रिफ्रेस गर्नका साथै ऊर्जा पनि प्रदान गर्ने बताइएको छ।
उपभोगतालाई निरन्तर प्रयास गर्न र सफल बन्नको लागि चाहिने ऊर्जा रस बदाम ड्रिङ्कले पूर्ण गर्ने कम्पनीको भनाइ छ।
सफलता र निरन्तर प्रयासलाइ प्रोत्साहन गर्नको लागि कम्पनीले 'गेट गोइङ, किप गोइङ' नामक सन्देश ल्याएको छ।
रस बदाम ड्रिङ्कको १८० एमएल क्यान १०० रूपैयाँमा बजारमा उपलब्ध छ।