वात्सल्य नेचुरलले चितवनमा शाखा विस्तार गरेको छ।
भरतपुरमा एक कार्यक्रम गरी वात्सल्यको शाखा विस्तारको जानकारी गराइएको थियो।
वात्सल्य नेचुरलले आइभिएफ र आइयुआइको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ।
लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा दम्पत्तीका लागि वात्सल्यले सेवा दिँदै आएको छ। आइयुआई र आइभिएफ प्रविधिको माध्यमबाट सन्तान प्राप्तिको बाटो सरल बनाउने काम वात्सल्यले गर्दै आएको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले जानकारी दिए।
अहिलेसम्म आइयुआई प्रविधिबाट २००० र आइभिएफ प्रविधिबाट ४००० बढी दम्पतीलाई सन्तान सुख दिइसकेको वात्सल्य नेचुरलले जनाएको छ।
काठमाडौंमा मुख्य कार्यालय रहेको वात्सल्यले भरतपुरबाट पनि सेवा दिन थालेको हो।
सुवेदीले निसन्तान वा गर्भधारणसम्बन्धी कुनै पनि उपचार र सल्लाह सुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउदै बताए। भरतपुरबाट सेवा सुरू भएसँगै अब निसन्तान दम्पत्तीलाई आइभिएफ र आइयुआइका लागि बारम्बार काठमाडौं गइराख्नुपर्ने झण्झट हटेको छ।
वात्सल्य नेचुरलकी नर्सिङ इन्चार्ज विमला थपलियाले विगतमा पटक–पटक काठमाडौं गइराख्नुपर्नेमा चितवनबाटै सेवा दिन थालेपछि दुई पटकमात्रै काठमाडौं गए पुग्ने बताइन्।
यसले खर्च र समयको बचत हुने उनले बताइन्।
चितवनबाट अहिले निःशुल्क इन्ट्रा युटेरिन यन्सेमिनेशन (आईयुआई) सेवा दिइएको छ। साथै प्रजनन् जाँच, प्रसुती पूर्वका सम्पूर्ण हेरचाह, ओवूलेशन इन्डकसन, आइभिएफ, फर्टिलिटी फ्रिजिङलगायतका अत्याधुनिक सेवाहरू प्राप्त गर्न सकिने छ।
वात्सल्य नेचुरलका प्रजनन् विशेषज्ञ डा.निरा राजभण्डारीका अनुसार ३५ वर्षसम्मका दम्पत्तीले एक वर्षसम्म परिवार नियोजनका साधन प्रयोग नगरी यौनसम्पर्क गर्दा पनि गर्भ नबसेमा, ३५ वर्षभन्दा माथीकाले ६ महिनासम्म गर्भ नबसेमा परामर्श लिनुपर्छ। यो अवस्थामा आउने दम्पत्तीको सबै परीक्षण गरेपछि आवश्यक सुझाव दिने गरिएको उनले बताइन्।