वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरूले नयाँ वर्ष लक्षित 'नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्' अभियानको विजेता घोषणा गरेको छ।
उक्त अफरको विजेता शबाना प्रविन बनेकी छन्। जसमा विजेताले बम्पर लक्की ड्र मार्फत् एक लाख रूपैयाँ प्राप्त गरेकी हुन्।
वेस्टर्न युनियनका सुपर एजेन्ट, एटिटी रेमिट, सिजी फिन्को, हुलास रेमिटेन्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरूकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो।
नेपालमा २७ वर्षभन्दा बढी समयदेखि रेमिटेन्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरी 'नगदमा हर्ष बनिरहोस्, नयाँ वर्ष शुभ रहोस्' अभियान सुरू गरेको हो।
बम्परमा एक लाख रूपैयाँ बाहेक पाँच हप्तासम्म ३५ भाग्यशाली ग्राहकहरूले १५ हजार रूपैयाँ जित्ने मौका पनि पाएका थिए।