नेपाल हाइड्रो एक्सपोमा एक्सप्लोर अर्थमुर्भसले बिक्री गर्दै आएको कसमस डिवाटरिङ पम्प प्रदर्शनीमा राखिएको छ।
भारतमा निर्मित कसमस डिवाटरिङ पम्प बिक्री गर्न नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता एक्सप्लोर अर्थमुभर्स रहेको छ।
उक्त पम्प टनेल, जलविद्युत आयोजनाको ड्याम, पुलको जग, धापिलो स्थानमा निर्माण हुने संरचनामा जम्मा भएको फोहोर पानी, लेदो माटो आदि निष्कासन गर्न उपयोगी हुन्छ।
पम्पले मानिस जान नमिल्ने स्थान, जलविद्युत आयोजनाका जोखिमयुक्त सुरुङ, गहिरो इनार आदि स्थानमा यसबाट सहजै काम गर्न सक्ने कम्पनीको भनाइ छ।
यो १.५ हर्ष पावरदेखि १००० हर्ष पावर गरी विभिन्न क्षमतामा उपलब्ध छ। नेपालमा उर्जाको क्षेत्रमा धेरै आयोजनाहरू निर्माणाधीन भइराखेको अवस्थामा यो पम्पले आयोजना समयमै सम्पन्न गर्न सहयोगी हुनेछ।
कम्पनीले यो मेसिन समयमै डेलिभरी गर्ने र बिक्री पछिको छिटो छरितो सेवा दिने गरेको बताएको छ।
यो पम्पको सहायताले जलविद्युत आयोजनाको निर्माण गरी आर्थिक उन्नति गर्न र देशको आर्थिक अवस्था माथि उठाउन मद्दत मिल्ने कम्पनीले जनाएको छ।