अन्तर्राष्ट्रिय ब्राण्ड वास्डनको ट्याक्टर नेपाली बजारमा भित्रिएको छ।
नेपालका लागि आधिकारिक आयातकर्ता कुबेर एण्ड सन्सले उक्त ट्याक्टर फागुनकाे पहिलो साता भित्र्याएको हो।
कम इन्धन खर्च, अन्य ट्याक्टरभन्दा कम भाइब्रेसन हुने, सेल्फ स्टार्ट इञ्जिन र फ्लेक्जिबल स्टेरिङ लगायतका सुविधाले गर्दा यो विशेषगरी कृषि कार्यका लागि उपयोगी हुने कुबेर एण्ड सन्सका प्रबन्ध निर्देशक जेपी घिमिरेले जानकारी दिए।
उनका अनुसार नेपाल भित्रेको एक महिना नपुग्दै ७५ थान बिक्री समेत भइसकेको छ भने एक सय ५० भन्दा बढी ग्राहकबाट माग आएको छ।
'हामीले वर्षौदेखि मेसिनरी बिक्री गर्दै आएका छौँ, तर वास्डन कम्पनीको नयाँ ट्याक्टर कृषकले छोटो समयमा निकै मनपराउनु भएको छ,' उनले भने, 'थप अर्डर आउने क्रम बढेको छ।'
कृषिको यान्त्रिकरणमा यस्ता उपकरणले योगदान गर्ने भएकाले वास्डन ट्याक्टर भित्र्याइएको उनको भनाइ छ।
यसमा ट्रली जोडेर सामान ढुवानी गर्ने, स्प्रे जोडेर ठूला बगैँचामा स्प्रेयर गर्ने, वाटर पम्प जोडेर पानी तान्ने, रिपर जोडेर धान, गहुँ, तोरी काट्ने, डिचर जोडेर ङयाङ्ग बनाउन र थ्रेसर जोडेर सबै प्रकारको बाली नाली थ्रेसीङ्ग गर्न सकिन्छ।
ट्याक्टर देशभरका कुबेर एण्ड सन्सका डिलर तथा वास्डनका आधिकारीक विक्रेताहरूबाट अर्डर गर्न र सर्भिस सुविधा लिन सकिनेछ।
यो ट्याक्टर ग्राहकले दुई लाख रूपैयाँमा पाउनेछन्। यसमा एक वर्षको वारेन्टी हुनेछ।
ट्याक्टरको इञ्जिन ४५६ सिसीको छ। यसमा १ देखि ३ सम्म फर्वाड गिएर र १ ब्याक गियर हुन्छ भने जोत्ने बेलामा ट्रिलिङ गियर र बाटोमा हिडाउन वा ट्रलिमा चलाउन वाकिङ गिएर पनि हुन्छ।
बाटोको प्रकृति र जोत्ने जमिनको आधारमा मेन गियर लिभरबाटै २ पांग्रे र ४ पांग्रे प्रणालीमा चलाउन सकिने छ।
वास्डन एक अमेरिकी बहुराष्ट्रिय विश्वविख्यात कम्पनी हो यसको उत्पादन प्लान्ट चीनमा छ।
कुबेर एण्ड सन्स सन् २००० मा स्थापित कृषि मेसिनरी व्यवसाय गर्ने कम्पनी हो। विश्व बजारमा उत्पादित गुणस्तरीय कृषि यन्त्रहरु नेपालको भू-बनोट अनुसार कृषकको माझ पुर्याउने काम गरिरहको छ।