दरबारमार्गस्थित 'द ब्ल्याक गोल्ड' हलाल रेस्टुरेन्टले विभिन्न प्रकारका खानामा १५ प्रतिशत छुट दिने भएको छ।
रेष्टुरेन्टको पहिलो वार्षिकोत्सवको अवसरमा छुट सुविधा दिइएको हो।
यो अरेबियन रेष्टुरेन्ट हो। यहाँ करिब एक सयभन्दा बढी अरेबिक परिकारका साथै इन्डियन परिकारहरू पाइन्छ।
यसका साथै अरेबिक कोल्ड मेजे, अरेबिक हट् ड्रिंक्स (अरेबियन टी, गावा, टर्किस कफी) अरेबिक फ्लेवरको हुक्काको स्वाद पनि लिन सकिन्छ।
आगामी दोस्रो सातासम्म विभिन्न परिकारमा छुट पाइने कम्पनीले बताएको छ।
यो रेष्टुरेन्ट विदेशबाट फर्किएका नेपालीहरूले सञ्चालनमा ल्याएका हुन्। १ करोड रूपैयाँको लगानीमा सञ्चालित यस रेष्टुरेन्टमा होम डेलिभरीको सुविधा छ।