वैशाख १०बाट नव उद्धमशालाको तेश्रो संस्करण


अन्तरप्रेरणा नामक संस्थाको आयोजनामा हुने तेश्रो संस्करणको नव उद्धमशाला आउँदो वैशाख १० गतेबाट सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार यो एक महिने तालिम कार्यक्रम हो जसमा सहभागीले उद्धयमशील सोचलाई व्यवसायमा बदल्ने अवसर प्राप्त गर्न सक्नेछन्।

यस कोर्समा इच्छुक उद्धमीहरुले आफ्नो उद्धमशील सोचलाई व्यवसायमा परिवर्तन गर्न चाहिने सबै किसिमका ज्ञान, सीप र कौशल सिक्ने अवसर पाउनेछन।

यसका साथै एक महिनाको तालिम तथा क्रियाकलाप दिईनेछ र कार्यक्रम पछि निरन्तर अनुगमन गरिनेछ। सहभागीहरुले प्रत्येक दिन अनुभवी ‘मेन्टर’ बाट दुई घण्टा सामुहिक परामर्स समेत प्रदान गरिनेछ।

यसबाहेक सहभागीले नेटर्वकिङ मार्फत साझेदार तथा लगानीकर्तासँग प्रत्यक्ष भेट गरी आफ्नो योजना समेत प्रस्तुत गर्न पाउने आयोजकको दाबी छ।

यसका साथै विभिन्न तालिमकर्ताको सहयोगद्वारा आफ्नो व्यवसायको व्यापारिक ढाँचा तयार पार्न र वास्तविक ग्राहकसंग परीक्षण गर्न समेत सक्ने आयोजकले बताएको छ।

यो तालिम तेश्रो संस्करण हो। यो संस्करणको तालिम जेठ ९ सम्म चल्ने आयोजकले बताएको छ।

यसमा तालिम लिनको लागि वैशाख ९ गतेसम्म फाराम बुझाउने म्याद रहेको र यस कोर्सका लागि १२ हजार रुपैयाँ लाग्ने आयोजकले बताएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.