सिजीको ‘नगदमा गदगद’ योजना


नयाँ वर्ष २०७५ सालमा सिजीले आफ्ना ग्राहकहरुमा विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ।

सिजी नगदमा गद्गद् नामक यो योजनामा अब ग्राहकले सिजीका सामानहरु खरिद गरेबापत विभिन्न आकर्षक उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

योजना अनुरुप ग्राहकले अब सिजीका ४९ इन्च देखि माथि साइजका टिभीहरुमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्राप्त गर्न सक्नेछन् भने सो भन्दा कम साइजका टिभीहरुमा २० प्रतिशत नगद छुट पाउने छन्।

कम्पनीका अनुसार ग्राहकले डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट प्राप्त गर्न सक्नेछन्। एसिमा निःशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ्ग मेसिनमा सिजीको इन्डक्सन र टपलोडिङ्ग वासिङ्ग मेसिनमा सिजीको आइरन प्राप्त गर्न सक्नेछन्।

यो योजना चैत १८ गते देखि देश भर सिमित अवधिका लागि मात्र लागु गरिएको कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.