प्राइम स्टोरको अनलाइन विक्री सेवा सुरु


विगत १२ वर्षदेखि सञ्चालनमा रहेको पुल्चोकस्थित प्राइम स्टोरले अनलाइन विक्री सेवा सुरु गरेको छ।

स्टोरले विभिन्न कम्पनीका फोन, ल्यापटप, तथा एसेसरिजको अनलाइन विक्री सुरु गरेको हो।

स्टोरमार्फत एप्प्ल, सामसङ, वनप्लस, शायोमी ओप्पो, हुवावे, भिभो लगायतका सम्पूर्ण मोबाइल ब्राण्ड तथा विभिन्न कम्पनीका ल्यापटप अनलाइनबाटै खरिद गर्न सकिने सञ्चालक सागर गौतमले बताए।

गौतमले फोनको मूल्य, विशेषता तथा अफरका बारेमा ग्राहकले घरमै बसेर पर्याप्त जानकारी पाउन भन्ने उद्धेश्यले अनलाइन सुरु गरिएको बताए।

गौतमले यसबाहेक अनालइन साइटमा चलेका फोनहरुको रिभ्यु समेत गरिने भएकाले ग्राहकलाई बजेट अनुकुल तथा तुलनात्मक अध्ययन गरी उपयुक्त फोन छनोट गर्न सहज हुने जनाए।

गौतमले देशभर फेन्चाइज मोडलमा प्राइम स्टोरलाई फैलाउँदै लैजाने उद्धेश्यसहित सेवा आरम्भ गरिएको भन्दै गुणस्तरीय सामान तथा विश्वश्निय अनलाइन स्टोर स्थापनामा कुनै सम्झौता नगर्ने दाबी गरे।

कम्पनीको वेभसाइट primestore.com.np मार्फत अनलाइन खरिद गर्न सकिनेछ। यसरी खरिद गरिएको सामानमा एक हप्तासम्म फिर्ता गर्न सकिनुका साथै काठमाडौं उपत्यकाभित्र निशूल्क होम डेलीभरीको सुविधा समेत दिइएको स्टोरले जनाएको छ।

यसका साथै स्टोरले विग्रिएको सेट बनाउने तथा पुरानो फोनको मूल्यांकन गरी नयासँग साट्ने सुविधा समेत प्रदान गर्दै आएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.