जय अम्बेका नयाँ साडी बजारमा


आरपि ग्रुप द्वारा संचालित जय अम्बे साडी शोरुमले महिलाहरुलाई गर्मीयाममा हुने आधुनिक डिजाइनका पहिरन बजारमा ल्याएको छ।

जय अम्बे साडी शोरुमले विशेषगरी महिलाहरुलाई उपयुक्त हुने साडी, कुर्ती, टप्स लगायतका आधुनिक डिजाइनका पोशाकहरु विक्री वितरण गर्दै आइरहेको जनाएको छ।

गर्मीयाममा कामकाजी महिलाहरुलाई प्रयोग गर्न मिल्ने नयाँ तथा आधुनिक डिजाइनका सुतीका कुर्ती, टप्सहरु न्यूरोड तथा मैतिदेवीमा संचालित शोरुमबाट सजिलै खरिद गर्न सकिने व्यवस्थापक प्रकाश पौडेलले जानकारी गराए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.