कोक खाएर रुस जाने १७ जना विजेता घोषित


कोकाकोला नेपालले “कोक खाम् रसिया जाम्” अभियान अन्तर्गत १७ जना भाग्यशाली बिजेताको नाम घोषणा गरिसकेको छ। अझै २३ जना बिजेताको नाम घोषणा गर्न बाँकी रहेको कम्पनीले जनाएको छ।

चिठ्ठाको चौथोे हप्ताका ४ भाग्यशाली बिजेताले रसियामा हुने विश्वकप हेर्न जान पाउने छन्।

कम्पनीका अनुसार बिजेताहरुमा बौद्धका फुर्ब शेर्पा, चापागाउँका सानु बाबु कपिल, ठमेलका प्रचण्ड मान बानिया र स्याङझाका आकाश उपाध्याय रहेका छन्।

त्यसैगरि यो हफ्ता २४ इन्चको टेलिभिजन जित्ने बिजेतामा तिलगंगाका प्रेम चौधरी रहेका छन्।

यस योजना अन्तर्गत ४० जना भाग्यशाली उपभोक्ताले रसिया पुगेर सम्पूर्ण खर्चसहित रसियामा हुने विश्वकप २०१८ प्रत्यक्ष हेर्ने मौका पाउनेछन्।

त्यसको लागी हरेक हप्ता ४ जना भाग्यमानी बिजेताको नाम लक्की ड्र मार्फत छनोट हुँदै आईरहेको छ भने, २ जना भाग्यमानी ग्राहकले २४ इन्चको टेलिभिजन जित्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै हरेक दिन २०० जनाले फिफा र कोकको लोगो अंकित विशेष उपहार जस्तै स्पिकर, हेडफोन, पेन ड्राइभ जित्न सक्ने छन्।

यसमा सहभागी हुनका लागि उपभोक्ताले १० अंकको लेबलको पछाडि राखिएको युनिककोडलाई कोक <स्पेस> युनिककोड लेखि ३७७२२ मा एसएमएस गर्नु पर्ने कम्पनीले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.