होण्डाको ‘जेन्युन ईन्जिन आयल’ को नयाँ प्याक सार्वजनिक


नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले ‘होण्डा जेन्युन ईन्जिन आयल’ को नयाँ प्याक सार्वजनिक गरेको छ।

जापानी कम्पनी ‘IDEMITSU’ ले उत्पादन गरेको होण्डा जेनुएन ईन्जिन आयललाई नेपालमा स्याकार ट्रेडिङ्ग कम्पनीले बिक्री वितरण गर्ने बताएको छ।

यो ईन्जिन आयल होण्डा बाइक तथा स्कुटरहरुको लागि उपयुक्त हुने कम्पनीको दावी छ।

यस ईन्जिन आयाललाई नेपालमा रहेका होण्डा ग्राहकहरुको पहिलो छनोट बनाउनको लागि नयाँ प्याकको प्रवर्धन गर्ने कम्पनीले जनाएको छ।

बढ्दो हानिकारक प्रदुषणलाई ध्यानमा राख्दै होण्डा ४–स्ट्रोक मोटरसाइकल/स्कुटर आयलहरु वातावरण मैत्रि रहेको कम्पनीको दावी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.