ईटहरीमा खुल्यो वाइवाइ सिटी


इटहरीमा वाइवाइ सिटी खुलेको छ। सिजी क्रप ग्लोवलका एक्जुकेटिभ डाइरेक्टर बरण चौधरीले सो वाइ वाइ सिटीको उद्घाटन गरेका हुन् । वाइवाईको आइकोनिक नुडल्स बारले पहिलो पटक पुर्वी नेपालको इटहरीमा वाइवाइसिटी खोलेको हो।

वाइ वाइले एक महिना अघि ललितपुरको लबिम मलमा पहिलो आउटलेट खोलेको थियो । वाइवाइ सिटीले स्वस्थ्य र गुणस्तरीय वाइवाइका परिकारहरुको साथ आफ्नो परिवार र साथीभाइहरुसँग पारिवारिक वातावरणमा बसेर वाइवाइका उत्कृष्ट स्वाद मज्जाले अनुभव गर्न सक्ने छन् ।

वाइवाइ सिटीले ग्राहकहरुको इच्छा अनुसारकै स्वादमा विभिन्न प्रकारका स्वादिष्ट वाइवाइका परिकारहरु पस्कने छन । वाइवाइ सिटीमा विभिन्न प्रकारका नुड्ल्सहरु उपलब्ध हुनेछन। वाइवाइसिटीमा नुडल्स र ७ प्रकारका ससेजहरु पाइन्छ।

१८ प्रकारका तरकारीहरु १० प्रकारका मसलाहरु र ५ प्रकारका अतिरिक्त स्वादहरु वाइवाइ सिटीबाट प्राउन सकिन्छ। वाइवाइ सिटीमा ग्राहकहरुले आफ्नै आँखा अगाडी आफ्नो रोजाइका परिकारहरु पकाएको हेर्न सक्नेछन् ।

वाइवाइ सिटी ईटहरीको व्यस्त र कोलाहलपूर्ण वातावरणदेखि टाढा रहेर ग्राहकहरुको आन्तरिक शान्ति र सन्तुष्टिको ख्याल राख्दै शान्त वातावरणमा अवस्थित छ । धेरै हिड्न नपर्ने, छिटो र छरितो सेवाउच्च स्तरीय स्वाद यसका आकर्षक र मनमोहक दृष्यले ग्राहकहरुलाई लाभान्वित गर्ने अपेक्षा वाइवाइ सिटीले लिएको छ ।

नेपालकै पहिलो वाइवाइ उत्पादक कम्पनीले आफ्नो सर्वोत्कृष्ट अनुभव विभिन्न स्थानहरुमा फैलाउँदै जाने बताएको छ ।

यसै सिलसिलामा वाइवाइ नुडल्सले आगामी ५ वर्षभित्रमाकुल ४०० करोडको लगानीमा नेपाल लगायत अरु विभिन्न मुलुकहरु भारत, अष्ट्रेलिया,जर्मनी, मध्यपूर्व, संयुक्त राज्य अमेरिका, मलेसिया र युकेमा १५०० वटावाइवाइ सिटीको स्थापना गर्ने लक्ष्य राखेको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.