सिटी एक्सप्रेस मनीको दसौं हप्ताका विजेता घोषित


सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्सप्रेस योजनाको दसौं हप्ताका बिजेताहरु घोषणा गरेको छ। कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का, ओप्पो फोन विजेता तथा एलजी रेफ्रिजिरेटर विजेताको घोषणा गरेको हो।

चाँदीको सिक्का विजेताका रुपमा सिता कुमारी माया, सुनावती राजवंशी, कुमारी मग्राती, मोहन कुमारी गुरुङ, दिल बहादुर गुरुङ, शारदा दुलाल र पार्वती थापा छनोट भएका छन्। त्यसैगरी दोस्रो एलजी रेफ्रिजिरेटर विजेताका रुपमा नवलपरासीकी जुना विक छनोट भएकी छन्।

लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दसैँ तिहार र छठलाई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ। कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्ने कम्पनीको दावी छ। कम्पनीका अनुसार साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ। उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्ने बताइएको छ।

कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने छन्। उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.