चन्द्रागिरि हिल्सलाई मेरिट अवार्ड #NepalVotes #NepalElection2017 चन्द्रागिरि हिल्सलाई मेरिट अवार्ड

चन्द्रागिरि हिल्सलाई मेरिट अवार्ड


‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट चन्द्रागिरि हिल्स सम्मानित भएको छ।

अमेरिकाको अन्तर्राष्ट्रिय परामर्शदाता फ्रोस्र्ट एण्ड सुलिभान र सिएनआईले आयोजना गरेको कार्यक्रममा चन्द्रागिरि हिल्सका तर्फबाट अध्यक्ष हेमराज ढकालले उक्त सम्मान ग्रहण गरे।

सम्मान ग्रहण कार्यक्रममा संचालकहरु एवम् महाप्रवन्धकको उपस्थिति रहेको थियो। चन्द्रागिरिलाई सोही संस्थाले गत वर्ष पनि ‘बेष्ट डेस्टिनेशन अवार्ड–२०१६’ ले सम्मानित गरेको थियो।

व्यवसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई सम्मानित गर्दै आएको छ। सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले विश्वब्यापी व्यवसायका मान्यतालाई आत्मसात गर्दै हिल्स अगाडि बढ्दै गर्दा प्रोत्साहन मिल्दै गएको बताए।

ऐतिहासिक, साँस्कृतिकतथाप्राकृतिकमहत्वबोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.