नेप्सेमा तीन अंकको वृद्धि


अघिल्लो दिन १ अंकमुनि हरियो रहेको सेयर बजारको परिसूचक नेप्सेमा बुधबार तीन अंकको वृद्धि भएको छ।

सो अंकको वृद्धिपछि नेप्से १५०५ अंकमा कायम भएको छ। १६३ कम्पनीको ३२ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ। बजारको पुँजीकरण १७ खर्ब ४७ अर्ब कायम भएको छ।

यस दिन बैंकिङ, फाइनान्स र उत्पादन समूह रातो अंकमा रहे। बैंकिङ र फाइनान्सको गिरावट १ अंकमुनि रह्यो। उत्पादन समूह १४ अंकले घट्यो

व्यापार २, होटल ५, विकास बैंक ०. ५, जलविद्युत १७, बिमा ६० र अन्य समूह ८ अंकले बढे। यस दिन चिलिमे हाइड्रोको सबैभन्दा बढी रकमको कारोबार भयो। सो कम्पनीको ३ करोड १० लाखको कारोबार भयो भने मूल्य बढेर प्रतिकित्ता ८४८ कायम भएको छ।

नागबेली लघुवित्तको संस्थापकतर्फको सेयर १ करोड ७९ लाखको कारोबार भयो। माछापुच्छ्रे बैंक संस्थापकतर्फको १ करोड ७९ लाखको कारोबार भयो भने स्टान्डर्ड चार्टड बैंकको १ करोडको सेयर किनबेच भयो।

सबैभन्दा धेरै नाफा कमाउनेमा सिर्जना फाइनान्सका लगानीकर्ता रहे। ति लगानीकर्ताले ७ प्रतिशत मूल्य बढाएका छन्। त्यस्तै रिडी हाइड्रोपावर तथा स्वरोजगार लघुवित्तका लगानीकर्ता पनि नाफा कमाउनेमा अगाडि देखिए।

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, काबेली विकास बैंक र खानीखोला हाइड्रोका लगानीकर्ताले ५.४ प्रतिशत बढी मूल्य गुमाए। यस दिन आइसिएफसी फाइनान्सको १० प्रतिशत बोनसपछि मूल्य समायोजन भई २४६ कायम भएको छ। समायोजनपछि पनि कम्पनीको मूल्य घटेर २३४ मा घटेको छ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.