आईएमई र वाइजम्यानले संयुक्त रुपमा सुरु गरे इण्डो-नेपाल रेमिट्यान्स सेवा


आईएमई र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिट्यान्स सेवा सुरु गरेका छन्।

सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनरमार्फत नेपालमा पैसा पठाउन सक्नेछन्। यसरी पठाइएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ। यी दुईबीचको रेमिट्यान्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन्।

सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले अब भारतमा रहेका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताए।

वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले आईएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.