एनआईसी एसिया क्यापिटलको सिइओमा ढुङ्गेल नियूक्त


एनआईसी एसिया क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा झनक राज ढुङ्गेल नियुक्त भएका छन्। ३९ औं सञ्चालक समितिको निर्णय अनुसार क्यापिटलको प्रमुख कार्यकारी अधिकृत पदमा ढुंगेललाई नियुक्त गरिएको हो।

ढुंगेल विगत २३ वर्ष देखि नेपालको वित्तीय क्षेत्रमा कार्यरत रहँदै आएका छन्। यसअघि उनी अरनिको विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा आबद्ध थिए।

ढुंगेलले एनआईसी एसिया बैङ्कको मातहतमा प्रमुख कार्यकारी अधिकृत रहेका राम चन्द्र खनालको स्थानमा कार्यभार सम्हाल्ने छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.