रामहिटीमा खुल्यो एनसीसी बैंकको शाखा


नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले काठमाडौंको रामहिटीमा शाखा संचालनमा ल्याएको छ। रामहिटीको सिमलटारमा खुलेको शाखाको बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले उद्घाटन गरे।

सो अवसरमा प्रमुख अतिथि काठमाडौं ६का वडाअध्यक्ष दिपेन्द्र कुमार लामा, अतिथिहरु श्रीमती कर्मा लामा, प्रा. डा. लक्ष्मी प्रसाद पन्थी, प्राध्यापक प्रयाग राज भट्टराई वशिष्ठ, डा. मञ्जु मिश्र लगायतले बैंकको शाखाबाट सर्वसाधारणलाई सहजता हुने विश्वास व्यक्त गरे।

उक्त समारोहमा स्वागत मन्तव्य राख्दै बैंकका प्रमुख कार्यकारी अधिकृतले यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणलाई सहयोग पुर्याउने उद्देश्यले बैंकको शाखा संचालन गरिएको बताए।

यस अघि असोज ६ गते शुक्रवार भक्तपुरको सूर्यविनायकमा बैंकले शाखा संचालनमा ल्याएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.