नयाँ जीवन बिमा कम्पनी ‘सन नेपाल लाइफ’ संचालनमा


सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आजदेखि औपचारिक रुपमा संचालनमा आएको छ। अनुज कायल अध्यक्ष रहेको कम्पनीको चुक्ता पुँजी २ अर्ब रहनेछ। जसमा ३० प्रतिशत सेयर सर्वसाधारणले पाउने छन्।

कम्पनीमा ७० प्रतिशत सेयर प्रवद्र्धकका रहेको छ। काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको कम्पनीको बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईंले उद्घाटन गरे।

एम्बेस्डरका रुपमा धुर्मुस र सुन्तलीलाई नियुक्त गर्दै कम्पनीले प्रचारप्रसार थाल्ने भएको छ।

सो अवसरमा अध्यक्ष चापागाईंले दुई वर्षमा बिमाको कभरेज दोब्बर बनाउने दावी गरे। त्यस्तै कम्पनीका अध्यक्ष कयालले देशका कुनाकाप्चामा पनि सेवा पुर्याउने र बीमीतको हितमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए।

पछिल्लो पटक संचालनको अनुमति पाएका १० जीवन बिमा कम्पनीमध्येको सन नेपाल लाइफ एक हो। यसअघि आइएमई लाइफ इन्स्योरेन्स संचालनमा आइसकेको छ भने यो कम्पनी नयाँमध्ये संचालन हुनेमा दोस्रो बनेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.