नेपाल हाइड्रो डेभलपरको आइपिओ बाँडफाँड


नेपाल हाइड्रो डेभलपर कम्पनीको आइपिओ बाँडफाँड भएको छ। कुल एक लाख ७१ हजार ५९२ जनाले रितपूर्वक आवेदन दिएकोमा ३६ हजार २७० जनाले मात्रै सेयर पाएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

बाँकीको हात रित्तै भएको छ। सबैलाई १० कित्ता पनि दिन नपुग्ने भएपछि गोलाप्रथा गर्दा धेरैको हात रित्तो भएको हो। पाउनेहरुले १० कित्ताका दरले पाएका छन्।

कर्मचारी तथा म्युचुअल फण्डलाई छुट्याएर कुल ३ लाख ६२ हजार ७ सय कित्ता सेयरको बिक्री खुलाइएको थियो। कम्पनीको चुक्ता पुँजी २२ करोड १० लाख रुपैयाँ छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.