बिहीबार ३७ अंकले बढ्यो नेप्से


साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक ३७ अंकले बढेको छ। लगातार घटेर न्यून विन्दुमा पुगेका बेला सस्तोमा सेयर उठाउनेहरु एकैपटक सक्रिय बन्दा बिहीबार नेप्से एक्कासी बढेको हो।

यस दिन १६१ कम्पनकिो ६३ करोड ५० लाखको कारोबार भयो। बजारको पुँजीकरण १७ खर्ब ७५ अर्ब कायम भएको छ। यस दिन सबै समूहहरु बढेका छन्।

बैंकिङ ३७, व्यापार १७, होटल ४३, विकास बैंक २४, जलविद्युत १५, फाइनान्स २६, बिमा २४९ र अन्य समूह १० अंकले बढेका छन्। कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रह्यो। सो कम्पनीको ३ करोडको कारोबार हुँदा मूल्य प्रतिकित्ता १९८९ कायम भएको छ।

फरवार्ड माइक्रोफाइनान्सको पनि ३ करोडकै कारोबार भयो। नेपाल इन्भेष्टमेन्ट बैंक र स्टान्डर्ड चार्टड पनि कारोबारमा अगाडि रहे।
विशाल बजार कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत नाफा कमाएका छन्।

राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले ९.९ प्रतिशत नाफा कमाए। समग्र बजार बढ्दा पनि नेसनल माइक्रोफाइनान्सका लगानीकर्ताले भने १० प्रतिशत नै गुमाए।

कम्पनीले आजै २० प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ। लाभांशप्रति असन्तुष्ट बढ्दा मूल्य घट्न पुगेको छ।

 

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.