सेञ्चुरीले टुङ्गो लगायो अल्पाइन र सेती फाइनान्स प्राप्तीपछिको सेयर अनुपात


सेञ्चुरी कमर्सियल बैंकको विशेष साधारण सभाले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्ती गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

अल्पाइन डेभलपमेन्ट बैंकको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९३ कित्ता र सेती फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरीको ७० कित्ता सेयर हुने गरी सभाले अनुपात तय गरेको छ।

यो प्राप्ती पश्चात बैंकको चुक्ता पुँजी ६ अर्ब हुनेछ। यसैगरी सेञ्चुरी बैंकले १ अर्ब ८८ करोड बराबरको हकप्रद सेयर बिक्रीपछि ८ अर्बको नपुग पुँजीमा बोनसबाट प्राप्त हुने बताइएको छ।

बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.