सिद्धार्थ इन्स्योरेन्स र एनसीसी बैंकबीच बैंंकासुरेन्स सम्झौता


सिद्धार्थ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ।  नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे बिहीबार दुई कम्पनीबीच सम्झौता भएको हो।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट सिद्धार्थ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ।

सम्झौतामा एनसीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिरेन्द्र बैदवार क्षेत्रीले हस्ताक्षर गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.