सानिमा बैंक र रिडी हाइड्रोले गरे बोनसको घोषणा


सानिमा बैंक तथा रिडी हाइड्रोपावरले लाभांश घोषणा गरेका छन्। सानिमा बैंकले लगानीकर्तालाई १६ प्रतिशत बोनस सेयर दिने भएको छ।

कम्पनीले सो बोनस सेयर दिइसकेपछि चुक्ता पुँजी ८ अर्ब नघाउने छ।  गत आवमा १ अर्ब ३० करोड नाफा कमाएको कम्पनीको चुक्ता पुँजी हाल ७ अर्ब १ करोड रहेको छ।

त्यस्तै रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनस सेयर घोषणा गरेको छ। कम्पनीको संचालक समितिको बैठकले सो कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत घोषणा गरेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.