एभरेष्ट बैंकको साढे २ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुल्दै

एभरेष्ट बैंकको साढे २ लाख कित्ता बढी सेयर लिलामी बिक्री खुल्दै


एभरेष्ट बैंकको हकप्रदमा बिक्री नभएको सेयर लिलामीमा खुल्ने भएको छ। कम्पनीको कुल २ लाख ५३ हजार ७९७ कित्ता साधारण सेयर लिलामी बिक्रीमा जाने भएको हो।

आगामी भदौ २५ गतेदेखि असोज १ गतेसम्म खरिद गर्न इच्छुकले शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन्।  न्यूनतम प्रतिकित्ता १ सय रुपैयाँ मूल्य तथा एक सय कित्ताका लागि आवेदन दिएको हुनुपर्नेछ।

बिक्री प्रवन्धकका रुपमा एनआइबिएल क्यापिटल रहेको छ। कम्पनीको बजारमा हाल मूल्य प्रतिकित्ता १२९९ रुपैयाँ रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.