वेस्टर्न युनियनको उत्सव उपहार: रिचार्ज कार्ड र सामसुङ जे सेभेन


भुक्तानी सेवा कम्पनी वेस्टर्न युनियनले दसैँ तिहारको अवसरमा ‘सम्बन्धको उत्सव’नाराका साथ उपहार योजना ल्याएको छ।

योजना अन्तर्गत ग्राहकहरुले लक्कि ड्र मार्फत रिजार्ज कार्डदेखि सामसुङको जे सेभेन मोबाइल सेट जित्न सक्नेछन्। योजनाको नारा अनुसार दसैँ तिहार र छठमा आफन्तसँग रमाइलो कुराकानी गर्ने वातावरण सिर्जना गर्नकालागि अफर ल्याइएको कम्पनीको दावी छ।

वेस्टर्न युनियन मनि ट्रान्सफरले हरेक दिन ५० देखि ५ सयसम्मको रिचार्ज कार्ड र हरेक हप्ता सामसङ जे ७ प्रो दिनेछ। यो अफर भदौ १८ देखि कात्तिक ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.