सिटी एक्स्प्रेसबाट पैसा पठाउनेले उपहार पाउने


रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफरले चाडपर्वलाई लक्षित गर्दै ‘उत्सव एक्स्प्रेस’ योजना ल्याएको छ।

भदौ १८ देखि मंसिर १५ गतेसम्म अर्थात ९० दिन चल्ने उक्त योजनामार्फत सिटी एक्स्प्रेसको माध्यमबाट रकम पठाउने भाग्यशालीलाई लक्की ड्र मार्फत उपहार प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार रकम पठाउनेले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहारस्वरूप जित्न सक्नेछन्। त्यसैगरी साप्ताहिक रुपमा एकजना विजेताले ओप्पो मोबाइल र हरेक महिना लक्की ड्रमा विजयी हुने एकजनालाई एलजी रेफ्रिजिरेटर उपहार पाउने कम्पनीको दावी छ।

योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनोल्टको क्विड आरएक्सएल कार जित्न सक्ने बताइएको छ। कम्पनीका अनुसार उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.