नेपाल हाइड्रोको आइपिओ भर्ने अधिकांशले नपाउने


नेपाल हाइड्रोको आइपिओ भर्ने अधिकांशको हात रित्तै हुने भएको छ। कम्पनीको आइपिओमा १ लाख ७० हजार बढीले आवेदन दिएको बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ।

कम्पनीले साधारणतर्फ कुल ३ लाख ९० हजार कित्ता सेयर निश्कासन गरेको थियो। जसमा कर्मचारी र म्युचुअल फण्डहरुलाई छुट्याउँदा सर्वसाधारणको भागमा ३ लाख ६२ हजार ७ सय पर्न आउँछ।

धितोपत्र बाँडफाँड निर्देशिकाअनुसार पुगेसम्म सबैलाई १० कित्ता सेयर अनिवार्य भएकाले कुल ३६ हजार २७० जनाले मात्रै आइपिओ पाउने भएका छन्। बाँकी लगानीकर्ताको हात रित्तै हुने भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.