कुमारी बैंक र इजीलिंकबीच रेमिट्यान्स सम्झौता

कुमारी बैंक र इजीलिंकबीच रेमिट्यान्स सम्झौता




कुमारी बैंक र इजीलिंकबीच रेमिट्यान्स भुक्तानी सम्वन्धी सम्झौतामा हस्ताक्षर भएको छ।

यस सम्झौता अनुसार इजीलिंक रेमिट्यान्स मार्फत विश्वका विभिन्न मुलुकबाट आएको रेमिट्यान्स रकम अब कुमारी बैंकले आफ्ना ७४ शाखाहरु र १५ सय भन्दा बढी कुमारी रेमिटका एजेन्टमार्फत सम्बन्धित व्यक्तिहरुलाई भुक्तानी गर्नेछ।

सम्झौतामा कुमारी बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र इजीलिंकका तर्फबाट प्रबन्धक दिपेन्द्र खनालले हस्ताक्षर गरे।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.