मंगलबार सेयर बजार परिसूचक नेप्से १० अंकले घटेको छ। यससहित तीन दिन यता नेप्सेले ४७ अंक गुमाएको छ।
यसदिन नेप्से २६६२ विन्दुमा आएर बजार बन्द भयो। बजार घट्दै जाँदा कारोबार रकम पनि घट्न थालेको छ। केही दिनअघिसम्म ११ अर्बको कारोबार भइरहेको बजारमा
सोमबार १० अर्ब ७७ करोड र मंगलबार आठ अर्ब ६१ करोड रूपैयाँको कारोबार भयो।
यसदिन सामूहिक लगानी कोष र व्यापार मुलक समूहमा मात्रै सुधार भयो। यी समूह क्रमशः ०.१९ प्रतिशत र ०.५२ प्रतिशतले बढे।
कारोबारमा आएका ३२४ लगानी उपकरणमध्ये १०६ वटाको मूल्य बढ्यो भने २२२ वटाको मूल्य घट्यो। बाँकीको स्थिर रह्यो।
कारोबारमा आएका मध्ये कालिन्चोक दर्शन र अरुण भ्याली हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ।
कालिन्चोक दर्शनको मूल्य ६.३६ प्रतिशत बढेर ९९५ रूपैयाँमा कारोबार भयो। त्यस्तै, अरुण भ्यालीको सेयर ५.१८ प्रतिशतले बढेर २९४ रूपैयाँमा कारोबार भएको छ।
कर्पोरेट डेभलपमेन्ट बैंकको सबैभन्दा धेरैले सेयर मूल्य घट्यो। यसको ५.२४ प्रतिशतले मूल्य घटेर १६१० रूपैयाँमा सेयर कारोबार भइरहेको छ।
कारोबार रकमको आधारमा पनि अरूण भ्याली अग्रस्थानमा छ। यसको ४५ करोड २८ लाख रूपैयाँको सेयर कारोबार भयो।