भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएका क्षति बापत असोज २२ गतेसम्म कुल २३ अर्ब २२ करोड ८७ लाख रूपैयाँको दाबी परेको छ।
१४ वटा निर्जीवन बीमा कम्पनी र चारवटा लघु निर्जीवन बीमा कम्पनीमा कूल ३ हजार ९९ वटा बीमा दाबी परेको हो।
यसरी परेको कुल दाबी रकममध्ये बुधबारसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब १ अर्ब २९ करोड १९ लाख रूपैयाँ भुक्तानी भएको छ।
निर्जीवन बीमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्ममा २ हजार ७०६ को संख्यामा सर्भेयर खटाएका छन्। हालसम्ममा सर्भेयरहरूले तीन सय ७४ को संख्यामा सर्भे प्रतिवेदन पेश गरेका छन्।