कम्तिमा सय जना महिलालाई रोजगारी प्रदान गर्ने उद्योगले सस्तो ब्याजदरमा कर्जा पाउने भएको छ।
राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
कम्तिमा सय जना महिलालाई रोजगारी प्रदान गरेको, न्यूनतम २५ प्रतिशत मूल्य अभिवृद्धि हुने किसिमको उत्पादन गर्ने र कुल उत्पादनको कम्तिमा २५ प्रतिशत निर्यात गर्ने उद्योगले यस्तो सुविधा पाउने भएका हुन्।
बैंकहरूले आफ्नो आधार दरमा बढीमा एक प्रतिशत प्रिमियम थप गरेर यस्ता उद्योगलाई कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ।