सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर हटाएको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेश गर्दै यस्तो बताएका हुन्।
हाल मर्चेन्ट (बिक्रेता संस्था)को नाममा गरिने भुक्तानीमा कर नलाग्ने भएपनि व्यक्तिगत भुक्तानीमा कर लाग्दै आएको छ।
यो पनि: के क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लाग्छ?