हिमालयन रिइन्स्योरेन्सले गत वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ।
कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल ४.७५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्।
कम्पनीले गत वर्ष ४.२१ प्रतिशत लाभांश वितरण गरेको थियो।