पैँचो पसलले प्राथमिक सेयर (आइपिओ) निष्कासन गर्ने भएको छ।
यसको लागि कम्पनीले एनआइसी एसिया क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो।
पैँचो पसल र एनआइसी एसिया क्यापिटबीच यस सम्बन्धी सम्झौता भएको छ।
पैँचो पसल प्रालि कृषि सम्बन्धी कम्पनी हो। कम्पनीले उच्च पहाडी क्षेत्रमा उत्पादन भएको तरकारीहरूलाई उच्च गुणस्तर कायम गरी उपभोक्ता माँझ पुर्याउँदै आएको छ।
पैँचो पसलले केचप, अचार तथा जाम जस्ता खाद्य परिकारहरू उत्पादन तथा प्याकेजिङ गरी बिक्री वितरण पनि गर्दै आइरहेको छ।
आगामी दिनमा सर्वसाधारणहरूमा सेयर जारी गरी कम्पनीको व्यवसाय थप प्रभावकारी रूपमा विस्तार गर्ने लक्ष्य पैँचो पसलले लिएको छ।
एनआइसी एसिया क्यापिटलले 'आइडिया टु आइपिओ' सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरूलाई कम्पनीको स्थापना कालदेखि आइपिओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउँदै आइरहेको छ।