हिमालयन बैंकको बत्तीसपुतली शाखा साविक भवन/स्थानबाट बत्तीसपुतली वडा नं ९ मा स्थानान्तरण भएको छ।
बैंकले बत्तीसपुतलीस्थित राम मन्दिर जाने बाटोसँगै रहेको शाखा नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट आइतबारदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको छ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका हुन्।
हाल बैंकले १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८४ एटिएम, ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।