साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ।
नेप्से ५.९८ अंकले बढेर २६६४.०१ विन्दुमा बन्द भएको छ।
यसदिन कारोबार रकम पनि बढेको छ।
बिहीबार सात अर्ब ८७ करोडको कारोबार भएकोमा आइतबार १० अर्ब ८७ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकम ३ अर्ब रूपैयाँ वृद्धि भएको हो।
आज ३१४ वटा धितोपत्रको दुई करोड ८४ लाख ३८ हजार ४२८ कित्ता सेयर किनबेच भएको हो।
आइतबार १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १४१ वटाको घटेको छ।
यसदिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सर्वाधिक ९.९९ प्रतिशतका दरले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य क्रमशः एक हजार ४२ रूपैयाँ ५० पैसा र ८६१ रूपैयाँ ९० पैसा कायम भएको छ।
आइतबार विन नेपाल लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ७५२ रूपैयाँ १० पैसामा झरेको छ।
यस्तै, नारायणी डेभलपमेन्टको मूल्य ५.५० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार ६२५ रूपैयाँ कायम भएको छ।
आइतबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता ३६६ रूपैयाँ ५० पैसामा ८६ करोड १७ लाख रूपैयाँको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ७.६५ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनआरएन इन्फ्रास्टक्चर रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता दुई हजार ३० रूपैयाँ २० पैसामा ५६ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको हो।
यसदिन लगानी समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ भने दोस्रोमा जलविद्युत समूहको परिसूचक १.०७ प्रतिशतले बढेको छ।