सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर बिक्री गर्ने भएको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २७ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.२७ कित्ताको अनुपातमा हकप्रद निष्कासन गर्न लागेको हो।
जस अनुसार कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्नेछ।
उक्त हकप्रद प्रयोजनको लागि इन्स्योरेन्सले वैशाख ५ गते बुक क्लोज गरिसकेको छ।
वैशाख ४ गतेसम्मका कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
उक्त हकप्रद सेयरमा जेठ १९ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले 'केयर एनपी ट्रिपल बी इस्युअर रेटिङ' प्रदान गरेको छ।
यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ।
लगानीकर्ताहरूले बिक्री प्रबन्धकका साथै सन नेपाल लाइफ इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।
त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरूबाट सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।