एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्।
साथै, उनले आज (बुधबार) बाटै औपचारिक रूपमा जिम्मेवारी सम्हालेका हुन्।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका घिमिरे विगत १६ वर्षदेखि यस बैंकसँग आबद्ध छन्।
बैंकको विभिन्न विभाग तथा शाखाहरू समेतको नेतृत्व गरेका घिमिरे यसअघि बैंकको नायव प्रमुख कार्यकारी अधिकृत थिए।
उनले बैंकको सेवा विस्तार र सुधारमा महत्त्वपूर्ण योगदान दिँदै आएका छन्।
उनको योगदानहरू बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना निर्माण र सञ्चालन सुधारका कार्यहरूमा विशेष रूपले महत्त्वपूर्ण रहँदै आएको छ।
उनले एनएमबी बैंकको सञ्चालन प्रणालीमा सुधार ल्याउन, प्रविधिमा आधारित सेवा विस्तार गर्न र दिगो बैंकिङ अभ्यासहरूलाई अघि बढाउन निरन्तर सक्रिय भूमिका निभाएका छन्।
उनको बैंकिङ अनुभवले बैंकलाई थप प्रगति र समृद्धिको मार्गमा अघि बढाउने विश्वास बैंकले लिएको छ।