चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को नाफा ९० करोड रूपैयाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको यही अवधिमा ९८ करोड नाफा कमाएको बैंकको नाफा ८.१६ प्रतिशतले घटेको हो।
बैंकको खुद ब्याज आम्दानी नै २४ प्रतिशतले घटेर एक अर्ब ४८ करोडमा सीमित भएको छ।
गत वर्षको यो अवधिमा बैंकको यस्तो आम्दानी एक अर्ब ९५ करोड रूपैयाँ थियो।
बैंकको खराब कर्जा ०.२१ प्रतिशत छ। त्यस्तै, प्रति सेयर आम्दानी पाँच रूपैयाँ ५६ पैसा, प्रति सेयर नेटवर्थ एक सय १७ रूपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ४९ गुणा छ।
बैंकले २४ अर्ब बराबर कर्जा लगानी गरेको छ।
बैंकले चैत अन्त्यमा ३६ अर्ब बराबरको कर्जा स्वीकृत गरेको र ऋण तालिका अनुसार ती कर्जा जाने समेत उल्लेख गरेको छ।