हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्यले नयाँ रेकर्ड बनाएको छ। सोमबार यो समाचार तयार पार्दासम्म मूल्य एक हजार ९७ रूपैयाँ पुगेको हो।
गत बिहीबार प्रतिकित्ता एक हजार ७० रूपैयाँसम्म पुगेपछि करेक्सन देखिएको कम्पनीको सेयर मूल्यमा आइतबार सुधार देखिएको हो।
रि इन्स्योरेन्स कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने व्यवस्थाले कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन्।
कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ४० करोड रूपैयाँ छ।
याे पनि:रिइन्स्योरेन्समा किन तानिए लगानीकर्ता?