सेयर बजारमा सुधार देखिन थालेसँगै लगानीकर्ताको आकर्षण उच्चले बढेको छ। सोमबार १२ बजेसम्म एक घण्टामा सेयर कारोबार रकम चार अर्ब ५३ करोड रूपैयाँ पुगेको हाे।
आइतबार कारोबार सुरू हुँदा नै नेप्से परिसूचक २९ सयबाट भएको थियो। आइतबार नेप्से २८९० हुँदा बजार बन्द भएको थियो।
एक घण्टामा सेयर बजार परिसूचक पनि ११ अंकले बढेर २९०१ मा आइपुगेको छ। आइतबार बजार पुँजीकरणको आधारमा ऐतिहासिक रेकर्ड नै बनेको थियो। याे भनेकाे आइतबार बजारमा रहेका सेयर कुल मूल्य हाे। यसलाई लगानीकर्ताकाे सम्पत्ति भनेर बुझिन्छ।
कुल बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रूपैयाँ पुगेको थियो। आइतबार नेप्से र कारोबार रकम पनि ६ महिनाअघिको उच्च भएको थियो।