नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले विशेष अदालतमा दायर भएको मुद्दामा सफाइ पाएका छन्।
आज फागुन १८ गते विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलाशले सिलवाललाई सफाइ दिएको हो।
यससँगै गत साताको सोमबार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका शरद ओझाको पद कायम रहन्छ वा रहन्दैन भन्ने जिज्ञासा धेरैलाई छ।
तर, ओझा नियुक्त हुनु अगावै सिलवालको पदावधि सकिएको थियो। सिलवाल २०७७ माघ २० गते बीमा प्रधिकरणको अध्यक्षको रूपमा नियुक्त भएका थिए। अध्यक्षको पद सकिन केही महिना बाँकी रहँदा नै सिलवाल विरूद्ध मुद्दा दायर भएपछि उनी निलम्बित भएका थिए।
प्राधिकरणका अध्यक्षको पदावधि चार वर्षको हुन्छ।
'आज अदालतले मलाईं सफाइ दिएको छ,' सिलवालले भने, 'यसबाट म खुशी छु, मेरो पदावधि सकिएकोले म फेरि प्राधिकरण जाने कुरा रहँदैन, मेरो विज्ञताको आधारमा प्राधिकरणले आवश्यकता देखेर सहयोगमा दिन तयार नै छु।'
उनी विरुद्ध सरकार वादी हुने गरेर अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले नपाएको अहोदा पाएँ भन्दै झुट्टा विवरण दिएको आरोपमा मंसिर २४ गते मुद्दा दायर गरेको थियो।